म प्रधानमन्त्री छैन तर प्रधानमन्त्रीभन्दा कम छैन : प्रचण्ड

  • कालापानी पोस्ट

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू अहिले प्रधानमन्त्रीभन्दा कम नभएको बताएका छन्।

कैलालीको भजनी नगरपालिकाको प्रशासकीय भवन उद्घाटनका क्रममा प्रचण्डले आफु प्रधानमन्त्री भन्दा कम नभएको बताएका हुन्। कुनै समय एउटे पार्टीमा रहेर केपी ओलीसँग काम गरेको समयको जस्तो अहिले नभएको भन्दै उनले भने, अहिले म प्रधानमन्त्री त छैन, तर प्रधानमन्त्रीभन्दा कम छैन।’



साथै, अध्यक्ष प्रचण्डले ओलीका कारण राजनीतिक स्थायित्वको आफ्नो सपना साकार हुन नसकेको टिप्पणी समेत गरे । प्रचण्डले यो गठबन्धन धेरै जाँदैन भन्नेलाई सरकारले जवाफ दिन थालेको पनि बताए । प्रचण्डले गठबन्धन अझै बलियो बन्दै गएको पनि दाबी गरे।

साथै, अध्यक्ष प्रचण्डले ओलीका कारण राजनीतिक स्थायित्वको आफ्नो सपना साकार हुन नसकेको टिप्पणी समेत गरे ।